अदालतले नेकपा एमालेको युवा संगठनका नेता परशुराम बस्नेतलाई सफाइ दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बधी मुद्दामा सर्वोच्च अदालतले उनलाई सफाइ दिएको हो ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो ।
यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो ।
विभगले गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा चलाएको थियो । विशेष अदालतले बस्नेतको हकमा दावी नपुग्ने भन्दै सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।