महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका सांसदले दिएको रिट खारेज

सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट खारेज गरेको हो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।

सम्बन्धित
Loading...