११ लाखसहित भारतीय नागरिक पक्राउ

११ लाख स्रोत नखुलेको रकमसहित एक जना भारतीय पक्राउ परेका छन् । काठमाडौंको नागढुंगाबाट भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन् ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार आदकले बोकेको झोलामा उक्त रकम फेला परेको र सोधपुछ गर्दा स्रोत नखुलेपछि उनलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आदकलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...