पार्टीमा एमाले सांसदहरूको मागः सभामुखको राजीनामा र एमसीसीबारे स्पष्ट पारौँ

नेकपा (एमाले) का सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको राजीना माग्न र एमसीसीबारे स्पष्ट पार्न माग गरेका छन् । बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पनि पार्टीको धारणा स्पष्ट हुनुपर्ने सुझाव दिएका हुन् ।

‘सभामुखकोमा जाँदा उहाँले जे चरित्र देखाउनु भयो त्यो सभामुख हुन लायक छैन,’ सांसद निरुदेवी पालले भनिन्, ‘त्यसैले सभामुखको राजीनामा माग्नुपर्छ ।’ एमसीसी पारित गर्न नहुने उनको सुझाव छ। ‘एमसीसीलाई समर्थन गर्नुहुन्न,’ उनको माग छ, ‘एमसीसी लागू गर्नुपर्छ भन्ने कुरामा कुनै पनि हालतमा निर्णय गर्न हुन्न ।’

सांसद शिवमाया तुम्वाहाम्फेले सभामुखले गैरकानुनी काम गरेको बताइन् । ‘अहिलेको सभामुख अग्नि सापकोटाले जे गतिविधि गर्नु भएको छ, त्यो गैरकानूनी छ,’ उनले भनिन्, ‘ आजको सभामा त्यसको विरोध गर्नुपर्छ ।’

एमसीसीमा पार्टीको भूमिका स्पष्ट हुनुपर्ने सुझाव दिइन् । सांसद भगवती न्यौपानेले सभामुखको विरोधमा आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नु पर्ने बताइन् ।

बैठकमा २५ जना सांसदहरूले सुझाव राखेका छन् । अधिकांशले सभामुखको आलोचना गरेका छन् । धेरैको धारणा एमसीसीबारे स्पष्ट हुनुपर्छ भन्ने छ भने केहीले एमसीसी पास गर्न नहुने सुझाव दिएका छन् । सांसदहरूको सुझावपछि संसदीय दलका नेता केपी ओलीले सम्बोधन गरिरहेका छन् ।

सम्बन्धित
Loading...