नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको भन्दै तनावमा देखिएका छन् ।
उनले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको खुलासा गर्दै आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको दाबी गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा प्रचण्डले देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताए ।
‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं,’ उनलेभ ने । तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने र माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्रमा लागेको प्रचण्डको भनाइ छ ।