सुदूरपश्चिममा जसपाका दुई सांसद पनि विभाजित, चौधरीले रोजे लोसपा

सुदूरपश्चिम प्रदेशसभामा दुई सिट रहेको जनता समाजवादी पार्टी पनि विभाजित भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित भएको जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले सोमबार महन्थ ठाकुुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको हुन् ।

सोमबार दिउँसो जनता समाजवादी पार्टी छोड्दै लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीले जनाएको छ ।

अब जनता समाजवादी पार्टीमा प्रदेशसभा सदस्य मालामतीकुमारी राना मात्र छन् । राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा ठाकुुर समूूहलाई साथ दिदै आएकी थिइन् ।

तर पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जनता समाजवादी पार्टीमै छिन् । जनता समाजवादी पार्टीका सांसद पनि विभाजित भएपछि अब सुदूरपश्चिम प्रदेशसभामा ६ दल बनेका छन् ।

१४ सांसदसहित एकीकृत समाजवादी पार्टी पहिलो, १३ सांसद भएको माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली काँग्रेस तेस्रो, ११ सांसद भएको नेकपा एमाले चौथो, एक सांसद भएको जनता समाजवादी पाचौँ र एक सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी छैठौँ दल बनेको हो ।

सम्बन्धित
Loading...