बिपी प्रतिष्ठानका चिकित्सक आन्दोलित, दैनिक ३ हजार बिरामीले सेवा नपाउने

सरकारले सहमति पालनामा चासो नदिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक आन्दोलित भएका छन् । चिकित्सकसहित नर्स लगायतका स्वास्थ्यकर्मी काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछी आजबाट बिपीको ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प भएको छ ।

जसका कारण दैनिक ३ हजार विरामीले ओपीडी सेवा र कम्तीमा पनि २० वटा शल्यक्रिया प्रभावित हुने भएका छन् । यसअघि सात दिनभित्र सहमति कार्यान्वयन नगरे स्वास्थ्य उपचार सेवामा सहभागी नहुने आन्दोलनकारीले अल्टिमेटम दिएका थिए ।

अल्टिमेटम दिएको पनि १० दिन पूरा भइसकेको छ । आन्दोलनकारीले आकस्मिक र कोभिडबाहेकका सेवामा सहभागी नहुने घोषणा गरिसकेका छन् । अहिले उनीहरु एकै ठाउँ भेला भएर कविता वाचन गरिरहेका छन् ।

तर सूचना अभावले आज आइपुग्ने बिरामीलाइ आन्दोलन स्थलमै सेवा दिने तयारी भएको सयुक्त संघर्ष समितिले जानकारी दिएको छ ।

समितिका सदस्य डाक्टर पदम नेपालीका अनुसार सूचना अभावले आज आएका विरामी जाच्ने तयारीमा लागेको जानकारी दिए ।

सम्बन्धित
Loading...