पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अरुलाई खाने बाघले आफूलाई पनि खान सक्ने बताउँदै विदेश नीतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नया‘ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नया‘ भेरिएन्ट जन्मन सक्ने समेत भट्टराईको टिप्पणी छ ।
उनले सामाजिक सञ्जालमार्फत देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिँदै उनले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नया‘ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नया‘ भेरिएन्ट जन्मन सक्छ । देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं । ख्याल राखौं–अरूलाई खाने बाघले आफुलाई पनि खानसक्छ !’