लागूऔषध राख्न लगाएर पत्रकार फसाएको आरोपमा एसपीमाथि छानबिन हुने

रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्न लगाएर पत्रकारलाई फसाएको घटनामा जिल्ला प्रहरी प्रमुखमाथि पनि छानबिन हुने भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले प्रश्न उठेका विषयमा छानबिन हुर्ने बताए । प्रहरी प्रधान कार्यालयका अर्का एक अधिकृतका अनुसार २ नं. प्रदेश प्रहरी कार्यालयबाट छानबिन समिति बनाउने तयारी छ ।

सोमबार पत्रकार सम्मेलन गरेर रौतहट प्रहरीले पत्रकार महाशाखा जिल्ला शाखा रौतटहका सह–सचिव सञ्जय शहनीको योजनामा दुई प्रहरी मिलेर पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाएको दाबी गरेको थियो ।

प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको जनाएको थियो ।

सम्बन्धित
Loading...