एमाले विभाजन गरेका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो घोषणापत्र र पार्टीको नियमावली बनाएको छ । चन्द्रागिरी रिसोर्टमा उनीहरुले पार्टीको दस्तावेज तयार पारेका हुन् ।
३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको संघीय सांसद रामकुमारी झाँक्रीले बताइन् ।
उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।