एमालेको बहिष्कारकाबीच मुख्यमन्त्री केसी विश्वासको मत पाउन सफल

प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभाको बैठक बहिष्कार गरेपनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री केसीको पक्षमा ४२ मत खसेको छ भने एक जना तटस्थ रहेका छन् ।

प्रदेश सभामा ८० जना सांसद छन् । आज मतदानमा ४३ जना सांसद उपस्थित थिए ।

 

सम्बन्धित
Loading...