गोकुल बाँस्कोटालाई ‘जस्तालाई त्यस्तै’ जवाफ !

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बाँस्कोटा प्रश्नोत्तर र बोलीचालीमा चर्चित मानिनुहुन्छ । सरकारको प्रवक्ता हुँदा पत्रकार सम्मेलनमा अनेक बोलेर चर्चा कमाउने बाँस्कोटा पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ।

पूर्व मन्त्री बाँस्कोटाले नेकपाभित्रको विवादलाई लिएर सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्नुभयो गायक भगवान भण्डारीलाई सम्झेर ।

गायक भण्डारीले बाँस्कोटालाई ‘जस्तालाई त्यस्तै’ जवाफ फेसबूकबाटै फर्काउनुभएको छ ।

बाँस्कोटाले फेसबूकमा लेख्नुभएको थियो, ‘भगवान भण्डारी आजकल कहाँ छन् मलाई था छैन । तर नेकपा उनले गाएको गीत जस्तै छ – तिमी धरान म भएँ चितौन, वनमा काँडा छ तर बिरानो नसम्झ माया गाढा छ ।’

गायक भण्डारीले फेसबूकबाटै जवाफ फर्काउनुभयो, ‘म यतै औरीका तिर छु गोकुल जी, के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे, बेलाबेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु, हेर्दै गर्नुहोला । हुन त तपाईंलाई नसम्झने नेपाली को होला र ? कमरेट भनेर सम्बोधन गर्न पनि हजुरको रेट नै त्यति धेरै छ, कसरी कमरेट भनौं र ?’

स्मरणरहोस्, एउटा खरिद ठेक्कामा करोडौं कमिसनका लागि बार्गेनिङ गरेको देखिने अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको थियो ।

सम्बन्धित
Loading...