बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौन सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन्। ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कैद भएको छ।
‘म यी व्यक्तिलाई यौन शिकारीको रुपमा हेर्छु। उनी सबैका लागि खतरा हुन्,’ नरफल्कस्थित टर्नर हिल इक्वेस्ट्रियन सेन्टरकी मालिक हिलारी स्वारले भनिन्। बोस्टन हेराल्डसँगको कुराकानीमा स्वारले दिएको जानकारी अनुसार बिहिबार बिहान स्थानीय समयानुसार साढे चार बजे हिँड्दै आएका एक व्यक्ति तबेलामा घुसेको बताइन्। उनका अनुसार ती व्यक्ति घोडाबीच निकै सहज देखिएका थिए र यस्ता तबेलाको अनुभव बटुलिसकेका जस्तो देखिएको थियो।
स्वारका अनुसार त्यसपछि ती व्यक्तिले घोडामाथि दुर्व्यवहार गरे। उनलाई यसबारे सीसीटीभी क्यामरामा जडान गरिएको अलार्मले सूचित गरायो। ती व्यक्तिले एउटा क्यामराको तार निकालेता पनि उनको कुकृत्य क्यामरामा कैद भएको थियो। स्वार आफ्नो तबेलामा पुग्दा ती व्यक्ति गइसकेका थिए। उनले एक स्वस्थ घोडालाई बलात्कार गरेका थिए। उक्त घोडा घटनापश्चात् पनि स्वस्थ देखिएको छ र उसलाई कुनै घाउ– चोटपटक छैन।
‘जे भयो, त्यो अत्यन्त घृणित कार्य हो, स्वारले भनिन्। स्वारले ती व्यक्ति पूरा समुदायका लागि खतरा भएको बताउँदै अपराधीलाई कुनै पनि हालतमा खोजेर कानुनी दायरामा ल्याउने बताएकी छिन्।
ती व्यक्तिले चम्किलो पहेँलो रङको पाइन्ट लगाएका थिए, निर्माण कार्य गर्दा लगाइने बुट लागएका थिए र निलो सर्ट लगाएको स्वारले बताइन्। उनका अनुसार ती व्यक्ति लगभग साढे पाँच फिटका छन् र उमेर २०–२५ वर्षका छन्। नोरफल्क प्रहरीले उक्त घटनाबारे वरिपरिका समुदायलाई सूचित गरिसकेको र यसबारे थप जानकारी छिट्टै नै प्राप्त हुने बताएको छ।