कञ्चनपुरमा साढे ४ किलो चरेशसहित तीन जना पक्राउ

कञ्चनपुरमा साढे चार किलो लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ प्रगति टोलबाट चार किलो चार सय ९० ग्राम चरेशसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका–२ का ३६ वर्षीय गणेश भण्डारी र बझाङको छविसपाथिभेरा–५ का ३२ वर्षीय झलक जाग्री रहेको डीएसपी न्यौपानेले बताए । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...