निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल दर्ता गरेन, भित्रि कारण यस्तो

नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल र जनता समाजवादीका महन्थ ठाकुरको नयाँ दल दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

नेकपा एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भन्दै अर्को नाम ल्याउन भनेको छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको स्रोतले जनाएको छ ।

नेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ । त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ ।

आयोगमा यसअघि गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने आयोग स्रोतले जनाएको छ । उनीहरु अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित
Loading...