१८ वर्ष उमेर पूरा भएका विद्यार्थीले आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो । ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिले खोप पाउनेछन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।
खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ ।
बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । खोप लगाउने सम्बन्धी सूचनामा ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने उल्लेख छ ।