माधव नेपाललाई धमाधम सरकारी नियुक्ती दिदै देउवा सरकार

एमाले(समाजवादी) दल दर्ता गरेका माधवकुमार नेपाललाई शेरबहादुर देउवा नेतृत्वको सरकार धमाधम सरकारी नियुक्ती दिन थालेको छ ।

सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम धराजनीतिक नियुक्ति पाउन थालेको हो । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।

सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

सम्बन्धित
Loading...