गाईजात्रामा सार्वजनिक विदा

आजको मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि गाई जात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरिएको थियो ।

त्यसैगरी, यस वर्ष भदौ १४ गते पर्ने कृष्ण जन्माष्टमी पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

त्यसैगरी, मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

त्यसैगरी, काठमाडौं तराई मधेश द्रुत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरी शंकर वन क्षेत्रमा परेको ५।२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रुट हटाउन स्वीकृति दिएको निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

सम्बन्धित
Loading...