माधव नेपालको पार्टी दर्ता नहुँदै चुनाव चिह्नका विषयमा लफडा !

माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि प्रस्ताव गरेको चुनाव चिह्न अर्कै दलले पहिले नै प्रस्ताव गरेको पाईएपछि विवाद सिर्जना भएको छ ।

उन्नत लोकतन्त्र पार्टीले आफ्नो चुनाव चिह्न छड्के खुला किताब भएको दाबी गरेको छ । उक्त पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफूहरूको पार्टीको सम्पूर्ण प्रक्रिया साउन १८ गते पूरा भएको जनाएका छन् ।

उनले माधव पक्षले पनि सोही चुनाव चिन्ह प्रस्ताव गर्ने तयारी गरेको थाहा पाएपछि निर्वाचन आयोगको ध्यानकर्षण गराइएको बताए । ‘ध्यानाकर्षण गराउँदा–गराउँदै माधव पक्षहरूलाई सो चुनाव चिह्न दिइयो भने भोलि नै हामी सर्वोच्च अदालत जान्छौँ,’ उनले भने ।

सम्बन्धित
Loading...