नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । आफ्नो समूहका नेताहरुलाई लिएर उनी निर्वाचन आयोगमा पुगेका हुन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ ।
वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए । सोहीअनसार यो समूहका नेताहरु आयोग पुगेका छन् ।
नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।