एमाले फुटाउन माधव समूह तीव्र परामर्शमा, निर्वाचन आयोग पुगेर फर्किए उनी पक्षीय नेता

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरुले नयाँ दल दर्ताका लागि छलफललाई तीव्रता दिएका छन् । उनीहरु आज निर्वाचन आयोग पुगेर फर्किएका छन् ।

सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए ।

आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएका पाण्डेले सञ्चारकर्मीको जिज्ञासामा आज आफूहरुको तयारी नपुगेको जवाफ दिएका थिए ।

सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । सरकारले एमाले र जनता समजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको राजनीतिक वृत्तमा टिप्पणी छ ।

संसद छलेर अस्थिरता निम्त्याउने अध्यादेश ल्याएको भन्दै विरोध भइरहेको छ ।

सम्बन्धित
Loading...