एमालेको नेपाल समूह नयाँ दल दर्ताको तयारीमा, यस्तो नाम र चुनाव चिन्ह

नेकपा एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको तयारीमा जुटेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।

सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी गरेको हो ।

नेपाल समूहका नेताहरु बानेश्वरस्थित अर्याल होटलमा छलफल गरिरहेका छन् । उनी पक्षीय नेता जगन्नाथ खतिवडाले बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिनेछ भने चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उनले बताए ।

सम्बन्धित
Loading...