प्रचण्डको जञ्जालमा फसेका प्रधानमन्त्री देउवाविरुद्ध कांग्रेसभित्रै विद्रोह

सरकारले ल्याएको अध्यादेशविरुद्ध कांग्रेसभित्रैबाट विरोध भएको छ । नेता डा. शेखर कोइराला र प्रदीप पौडेलले अध्यादेश ल्याउने कार्यप्रति सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन् ।

अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने नेता कोइरालाले बताए । अध्यादेशमार्फत् सरकार सञ्चालन गर्ने कांग्रेसको संस्कार नभएको बताउँदै उनले संसद्बाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ लाग्नुपर्नेमा प्रधानमन्त्री चुकेको उनले जनाए ।

अर्का नेता पौडेलले संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश ओली प्रवृत्ति भन्दा फरक नभएको बताए । संसद् छलेर अध्यादेश ल्याउँदा कांग्रेसले नै विरोध गरेकाले अध्यादेशको बाटोलाई समर्थन गर्न नहुने उनको भनाई थियो ।

सम्बन्धित
Loading...