जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुध्द महन्थ ठाकुर खेमाले हालेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ । न्यायाधीशद्वय दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको १ नम्बर इजलासमा अहिले मुध्दाको सुनुवाई भैरहेको छ ।
ठाकुरले पार्टीको आधिकारिकता उपेन्द्र पक्षलाई दिने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै साउन १५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै साउन २० गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश दिएको थियो ।
जसपा विवादमा गत साउन ८ गते निर्वाचन आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको बहुमत परीक्षण हेड काउण्टमा अत्यधिक बहुमत सदस्य यादवको पक्षमा उभिएका थिए ।