सिन्धुपाल्चोकमा बितण्डा मच्चाएको बाढीको मुहान हेर्न पुगेको एउटा टोली कोरोना संक्रमणले थलिएको छ । साउन १७ गते एभरेष्ट एअरको चार सिटर हेलिकप्टर लिएर मेलम्ची पुगेको टोलीका ३ सदस्य कोरोनाले थलिएका हुन् ।
निरीक्षणका लागि मेलम्ची खानेपानीको मुहानभन्दा १० किलोमिटर माथिसम्म पुगेको टोलीमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची-४ का वडासदस्य समिर तामाङ र तरुण दलका पूर्व प्रवक्ता तथा काँग्रेस सिन्धुपाल्चोकका नेता सुदर्शन आचार्य सहभागी थिए । कोरोना संक्रमणले उनीहरु तीनै जना अहिले होम आइसोलेसनमा बसेका छन् । टोलीका एक सदस्यले आफूहरु कोरोनाबाट थलिएको बताए ।
काठमाडौँबाट गएको उक्त टोली बाढीको उद्गमस्थल हेमाथाङ्ग पुगेको थियो । झन्डै १५ लाख टिपर गेगर जमेर चट्टानजस्तो बनेको ठाउँमा हेली ल्याण्ड गरेर टोलीले केहीबेर पहिरो निरीक्षण गरी फर्किएको थियो । उक्त गेगर बगे कुनै पनि बेला तल्लो भेग ध्वस्त हुनसक्ने प्राविधिकहरुले चेतावनी दिएका छन् ।
आचार्य र तामाङ कोभिडले थालिएपनि गाउँपालिकाका अध्यक्ष शेर्पा भने काममै व्यस्त रहेका छन् । महाधिवेशनको मुखैमा थलिएका आचार्य काँग्रेसको केन्द्रीय राजनीतिमा पनि चल्तापुर्ता मानिन्छन् ।