प्रतिनिधिसभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ असुरक्षा बढेको छ र धेरै देशले आफ्ना नागरिक फिर्ता लगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पनि अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय गरेको थियो ।