एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि माओवादीकै दबाब

माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् ।

विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरे । केही नेताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताए । बैठकमा बोल्ने नेताहरूले भने,‘ एमसीसीबारे व्याख्या गरेर आउनु पर्यो ।

शनिबारको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीको पोजिसन दस्तावेजमा स्पष्ट पारिएको बताएका थिए । प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा एक वाक्यमा एमसीसीबारे भनिएको थियो ‘एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।’

प्रचण्डको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै केन्द्रीय नेताहरूले एमसीसीबारे थप व्याख्या हुनुपर्ने माग गरेका हुन् ।

सम्बन्धित
Loading...