गाउँपालिका अध्यक्ष चौथी च्यापेर बेपत्ता

आँखै अगाडि श्रीमानले परस्त्री लिएर बसेपछि कुन चाहिँ महिलालाई पीडा नहोला १ अझ आफ्नो श्रीमानसँग बिबाह गर्न परस्त्रीले डिभोर्सका लागि दबाब दिँदा पीडित नारीको मन कति रोला रु त्यस्तै पीडामा छिन्, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–बिलन्दुकी ६० वर्षीया सत्यरुपा गुरुङ ।

गाउँपालिका अध्यक्षसमेत रहेका उनका श्रीमान नवराज केसीले अर्कैलाई अघोषित श्रीमतीका रुपमा घर भित्र्याएपछि सत्यकला पीडामा मात्रै छैनन्,बुढेसकालमा उनको बिचल्ली भएको बताउन थालिएको छ ।

गाउँपालिकाका अध्यक्ष केसी र एक चर्चित महिला अधिकारवादीबीच अहिले ‘लिभिङ टुगेदर’को सम्बन्ध रहेको बताइन्छ । विवाहको तयारीमा रहेको भनिएको उक्त जोडीले आफूलाई धम्क्याएर डिभोर्स मागिरहेको सत्यकला बताउँछिन् । आफूले डिभोर्स दिन अस्वीकार गरेपछि दुबैले धम्क्याउन थालेको उनको गुनासो छ । ‘श्रीमानले दुई करोड पैसा र डिभोर्स मागिरहेका छन्, उनी ठूली नेत्री रे,नवराजसँग छुटाइस् भने लास गायब गर्दिन्छु भनेकी छन्’,डराउँदै सत्यकलाले भनिन् ।

केसी र उनकी लिभिङ टुगेदर पार्टनरले पटक–पटक धम्क्याउन थालेपछि घटना सार्वजनिक गर्न बाध्य भएको सत्यकलाको भनाइ छ । उनका अनुसार घरको कुरा घरमै मिलाउन पनि खोजेकी हुन् । तर,धम्की अति भएपछि असह्य भएर जाहेरी बोकी प्रहरीसम्म पुगिन् । ‘घरको कुरा घरमै मिल्ला नि त भनेर सही बसेँ । तर उनकी चौथीलाई ल्याउन भनेर डिभोर्स मागेको माग्यै गर्न थालेपछि जे पर्ला पर्ला भनेर उजुरी दिएकी हुँ’, उनले भनिन् ।

‘यो उमेरमा यस्तो होला भन्ने सोचेकै थिइनँ,श्रीमानले मुखै खोलेर तँ बूढी भइस्, मैले उनीजस्तो राम्री पाएको छु, अब मलाई डिभोर्स दे,म उसलाई बिहा गर्छु भनेपछि पो थाहा पाएँ त !’, उनले भनिन्, ‘चुनावमा त्यत्रो दुःख गरेर जिताइयो,जित्नेबित्तिक्कै त उनीहरु पो सँगै बस्न थालिहाले ।’

श्रीमानबाट जानाजान पीडामा पारिएकी महिलालाई प्रहरीले पनि के टेर्थ्यो,त्यसैले प्रहरीले जाहेरी नै दर्ता गरेन । एउटा गाउँपालिकाको अध्यक्ष,अर्को समाजसेवी, असहाय महिलाको पक्षमा उभिन ठूलै हिम्मत चाहिन्थ्यो,त्यो आँट प्रहरीले पनि नगरेको स्रोतको दाबी छ । उनी भन्छिन्, ‘पुलिसले प्रमाण पुगेन भनेर जाहेरी लिनै मानेन । त्यसपछि भौँतारिँदै धेरै ठाउँमा पुगेँ ।’

न्याय दिलाउने प्रहरी नै डराएपछि सत्यकला काँग्रेस गुहार्दै पार्टी कार्यालय पुगिन् । तर,काँग्रेस नेताहरुले पनि उनको कुरा सुनेनन् । उल्टै उनको क्रियाशील सदस्यता नै नवीकरण नगरेर थप पीडा दिइयो । ‘सबैलाई भनेको हो,तर कसैले मेरो कुरा सुनेनन् । उनीहरु पावरमा छन् भन्छन्,मेरो कुरा कसले सुन्छ र रु काँग्रेस पार्टी कार्यालय पनि गएँ । जिल्लाका रामहरि खतिवडालाई पनि भनेको हो । कसैले वास्ता गरेन’, उनले भनिन् ।

प्रहरीले प्रमाण पुगेन भने पनि सत्यकलासँग श्रीमान नवराज केसी र उनकी लिभिङ महिलाबीच भएका अन्तरंग कुराकानी र फोटोहरुको चाँङ नै छ । कतिपय फोटो त हेर्नसमेत अप्ठेरो लाग्ने खालका छन् । दुबैले एक अर्कालाई श्रीमान–श्रीमती भनेर सम्बोधन समेत गरेको पाइएको छ । तिनै फोटो र कुराकानीको स्क्रिनसट्लाई प्रमाण मानेर उनले हिजो मात्रै हुलाकमार्फत जाहेरी पठाएकी छन् ।

केही कानून व्यवसायीले उनीसँग भएका प्रमाणका आधारमा मुद्दा चलाउन मिल्ने भनेपछि एउटा संस्थाको सहयोगमा सत्यकला अघि बढेकी हुन् । ‘मार्दिन्छु,लास गायब पार्दिन्छु भनेकी छ । ठीकै छ म मरे पनि मरुँला भनेर उजुरी हालेकी हुँ बाबु’,उनले भनिन् ।

सत्यकला पनि केसीकी तेस्री श्रीमती हुन् । उनीहरुको छोरी छिन् । छोरीको भविष्यबारे चिन्ता गर्नुपर्ने बेलामा श्रीमान चौथी च्यापेर हिँडेपछि सत्यकला न्याय खोज्न बाध्य भएकी हुन् ।

केसी र उनकी लिभिङ्ग टुगेदर महिलाको सम्बन्ध गत स्थानीय तहको चुनावदेखि नै शुरु भएको हो । त्यतिबेलै गाईंगुईं हल्ला चले पनि सत्यकलाले पत्याएकी थिइनन् । पछि श्रीमानले मुखै खोलेर भनेपछि उनी झसङ्ग भएकी भएको बताउँछिन् । ‘यो उमेरमा यस्तो होला भन्ने सोचेकै थिइनँ,श्रीमानले मुखै खोलेर तँ बूढी भइस्, मैले उनीजस्तो राम्री पाएको छु, अब मलाई डिभोर्स दे, म उसलाई बिहा गर्छु भनेपछि पो थाहा पाएँ त १’, उनले भनिन्, ‘चुनावमा त्यत्रो दुःख गरेर जिताइयो,जित्ने बित्तिक्कै त उनीहरु पो सँगै बस्न थालिहाले ।’

पछिल्लो समय भने आफ्नो नाममा रहेको घर बेचेर दुई करोड माग्न थालेपछि सत्यकला झन् तनावमा छिन् । उनका अनुसार माइतीले दिएको पैसाले किनेको काठमाडौँ महाँकालको घर बेच्न दबाब आएपछि उनी मुद्दामा जाने निष्कर्षमा पुगेकी हुन् ।

यता, गाउँपालिकाका अध्यक्ष केसीमाथि भने आर्थिक अनियमितताको आरोप पनि लाग्ने गरेको छ । केसीले चुनाव जितेपछि अस्वाभाविक सम्पत्ति आर्जन गरेको बताउनेहरु पनि छन् । उनले काठमाडौँको पेप्सीकोलामा लिभिङ टुगेदरको नाममा ५ करोड रुपैयाँको घर किनिदिएको र ठाउँ ठाउँमा घडेरी जोडेको समेत बताइन्छ । जानकारहरुका अनुसार गाउँपालिकाको सहयोगमा कुनै संस्थाले बनाउन लागेको विद्यालयको ठेक्का समेत केसीले हुनेवालीलाई नै दिएका छन् । जनआस्थाबाट

सम्बन्धित
Loading...