थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २१२ पुगेको छ भने ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेका छन् । जसमध्ये ३४ हजार ८३८जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित
Loading...