माओवादी सांसद यादवले दिए यस्तो चेतावनी

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले परमादेशबाट सरकार बनेको भन्नेहरुलाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘हामी हाउसमा परमादेशबाट आएका होइनौ, जनादेशबाट आएको । संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ संविधानले’ उनले भने, ‘उहाँहरुलाई त्यो भुत सवार छ भने राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने रु ज(जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ ।’जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश।’

यस्तै उनले एमाले अधयक्ष केपी ओलीलाई पनि राजीनामा गर्न आग्रह गरेका छन् । ‘संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने रु परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो हाउसमा नआइकन राजीनामा गर्न आग्रह गर्छु । चुनाव लडे भइहाल्छ । ६ महिनामा यो सरकारले चुनाव गराउछ ।’

सम्बन्धित
Loading...