मुख्यमन्त्री पोखरेलले जादाजादै भने -नमूना काम गर्ने सपना अधुरै

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानीलाई नमूना बनाउने आफ्नो सपना अधूरै छाड्नु परेको बताएका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएलगत्तै मन्त्रालयका सचिवहरूसँगको भेटघाटमा पोखरेलले अधूरो सपना छाडेर बाहिरिनुपरेको दुखेसो गरे । 

सचिवहरूसँग प्रदेशमा आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी बनाएको उनले स्पष्ट पारे । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा गएको असोज २० गते प्रदेश सभाको दुई तिहाइ बहुमतबाट पारित भएको थियो ।

‘अब आउने नेतृत्वलाई नमूना राजधानीबारे केही भन्नुहोला,’ पोखरेलले भने, ‘यो काम अधूरै छाड्नुपर्‍यो । अब आउने सरकारले मैले शुरू गरेका योजनालाई अघि बढाउन सहयोग गर्नुहोस् ।’

उनले प्रदेश सरकारले लेखिने गरी विकास निर्माण र संरचनाका बनाउने काम गरेको दाबी गरे । उनले सरकारले थुप्रै नयाँ काम गरेको बताए ।

लुम्बिनीमा माओवादी केन्द्रका नेता कूलप्रसाद केसीको नेतृत्वमा अब प्रदेश सरकार बन्नेछ ।

सम्बन्धित
Loading...