सांसद बिडारीले भने-एमसीसी संसदबाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था छ र ?

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद बिडारीले एमसीसीलाई संसदबाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका हुन् ।

मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै एमसीसी के गर्नुहुन्छ रु भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा सांसद बिडारीले एमसीसी संसदमा ल्याउनैपर्ने कारणबारे पूर्व प्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौैती दिए ।

‘एमसीसी संसदमा किन ? यो कुनै संवैधानिक व्यवस्था छैन । यहाँ नेपालमा चाहिं ल्याउनैपर्ने कारण के ? ओलीजीले पुष्टि गर्नुपर्‍यो नि,’ उनले भने, ‘सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसीसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारण मेरो प्रश्न छ, एमसीसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानमा छ ?’

सांसद बिडारीले पूर्व प्रधानमन्त्री ओलीको कार्यकालमा भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै प्रधानमन्त्री ओलीसँग कुरा मिलाएर पो हो कि भन्ने प्रश्न तेस्र्याए । ‘भारतले नेपालको भूमि कहिले उसको नक्सामा हाल्यो । याद गरिराखौं कहिले हाल्यो ? अहिलेसम्म हाल्न सकेको थिएन । जब ओली प्रधानमन्त्री हुनुभो ट्याक्क भारतले नेपालको जमिन उसको नक्सामा हाल्या,’ उनले अगाडि भने, ‘त्यति मात्र हो र ?  नेपालको भुँइमा सडक बनाएर भारतको मन्त्रीले उद्घाटन गर्‍यो । कहिले ? ओलीजीको पालामा ।’

सम्बन्धित
Loading...