कैलालीमा झण्डै आधा किलो अवैध सुुनसहित तीन जना पक्राउ परेका छन् । बुुधबार दिउँसो काठमाडांैँबाट महेन्द्रनगरतर्फ जादै गरेको ना ८ ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई ४४९.७७ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ३५ वर्षीय (बसको कण्डक्टर) भवानी घिमिरे, अत्तरियाको शैलेश्वरी सुुनचाँदी पसलमा काम गर्दै आएका सुनसरी रामधुुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजुु बिक र शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय समिर सिजापती रहेका छन् ।
प्रहरीले उनीहरुलाई बुुधबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये भवानी घिमिरेको साथबाट ४९.९५ ग्राम सुुनको बाला, २६ हजार दुुई सय नगद र घिमिरेको साथमा सुनका बाला र सिक्रि गरेर ३४९.८७ ग्राम सुुन, ६ हजार ९ सय रुपैयाँ थियो ।
तर उनीहरुले सबै सुन अत्तरियास्थित शैलेश्वरी सुुनचाँदी पसलका सञ्चालक सिजापतीलाई दिइसकेको अवस्थामा निजलाई खानतलासी गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिजापतीको साथबाट प्रहरीले नगद १६ हजार तीन सय समेत गरेर कुुल ४९ हजार ४ सय रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका तीनैलाई थप अनुुसन्धान र कारवाहीका लागि राजश्व अनुुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाइने कैलाली प्रहरीले जनाएको छ ।