चार वर्षमा दुई हजार बढीले गरे आत्महत्या

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७-७८ मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

सुदूरपश्चिम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विगत चार वर्षमा सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या दुई हजार १८८ रहेको छ ।

आर्थिक वर्ष ०७४-७५ मा झुण्डिएर दुई सय ९४, विष सेवन गरेर एक सय ७५, पानीमा हाम फालेर १२, करेन्ट लगाएर नौ र आगो लगाएर ६ जना गरी चार सय ९६ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कले देखाउँछ ।

आर्थिक बर्ष ०७४-७५ को तुलनामा ०७५-७६ मा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको देखिन्छ । ०७५-७६ मा झुण्डिएर ३३८, विष सेवन गरेर १३१, पानीमा हाम फालेर तीन, हातहतियार औजार प्रयोग गरेर दुई र कर्तव्य गरी एक जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७६-७७ मा आत्महत्या गर्नेको संख्या ५३७ रहेको छ । झुण्डिएर ४०५ जना, विष सेवन गरेर १२८, हाम फालेर दुई, हातहतियार औजार प्रयोग गरेर एक र आगो लाएर एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ०७५-७६ को तुलनामा यो संख्या ह्वात्तै वढेको देखिन्छ ।

 

सम्बन्धित
Loading...