प्रेमध्वज प्रधानको कालजयी गीत ‘पर लैजाऊ फूलहरू, छोपिदेऊ तारा जुन, बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चीजहरू’ आज पनि उत्तिकै मर्मस्पर्शी लाग्छ ।
यही गीतको शैलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा आक्रोश पोखे ।
‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चीजहरू,’ उनले भने, ‘पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ ? भन्ने पार्टीहरूको किचलो छरपष्ट भएको छ के अब आफ्नो पार्टी र गठबन्धनको समस्याका कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ? ’