उपेन्द्र यादव भन्छन्-ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए ।

उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले बिचार गर्छ ।

मौका दिनुपर्यो नि भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले भने, ‘मौका दिएकै हो, अध्यक्ष पनि बनाइदिएकै हो । अब के मौका दिन बाँकी छर रु’ उनले ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिए ।

उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।

सम्बन्धित
Loading...