समाचारीय दृष्टिबाट हामी ‘राम्रोन्युज’ दिन प्रतिवद्ध छौं । त्यही भएर अनलाइन सञ्चारमाध्यमको नाम नै ‘राम्रोन्युज’ राखियो ।
एउटा समाचार ‘राम्रो’ हुनलाई तथ्यपरक र सन्तुलित हुनुपर्छ । समाचारका अत्यावश्यकीय गुण ‘राम्रोन्युज’का समाचारमा पाठकले भेट्टाउनु हुनेछ ।
हामी ‘तथ्यबाट सत्यको खोजी’ गर्छाैं । तथ्यबाट सत्य खोजेर समाचार पस्किँदा समाचार गलत हुने, झूटो हुने, झुक्किने सम्भावना कम हुन्छ ।
पत्रकारिताका आचारसंहिता, प्रचलित ऐनकानूनलाई पालना गर्नु हाम्रो धर्मभित्र रहन्छ । तर मानवीय त्रुटि भएर समाचारमा गल्ती भेटिए हामी आवश्यक सुधारका लागि सदैव तत्पर रहने छौं । हाम्रीले पस्केका सामग्रीमा भएका त्रुटि पाठकहरूले औंल्याइदिनु हुनेछ भन्ने अपेक्षा लिएका छौं ।
हामी देश र समाजमा भएका सकारात्मक र राम्रा न्युज दिन पाठकलाई पस्किन चाहन्छौं । राम्रा, उदाहरणीय, प्रेरक खबरलाई हामी प्राथमिकता दिन्छौं । तर देश र समाजमा भएका बेथिति, अनियमितता, गडबडी, भ्रष्टाचार, ढिलासुस्ती, अनुचित कार्यमा आँखा बन्द गर्न सक्दैनौं ।
पत्रकारिताको सामान्य दृष्टि नै आलोचनात्मक हुने भएकाले हामी शंकास्पद गतिविधिमा प्रश्न उठाइरहन्छौं । पारदर्शिता, जवाफदेहिता, सुशासन जस्ता लोकतन्त्रका खम्बालाई सार्वजनिक संघसंस्थामा लागू गराउन हामी खबरदारी गरिरहने छौं । हरेक सार्वजनिक निकायमा सेवाग्राहीलाई सहजता मिलोस् भन्ने हाम्रो उद्देश्य रहने छ ।
समाजलाई मर्यादित, एकतावद्ध र मानवीय आचरणयुक्त बनाउने धर्म, संस्कृति, परम्परालाई प्रोत्साहन र संरक्षण गर्नु समेत हाम्रो धर्मभित्र पर्छ । सांस्कृतिक पक्षलाई महत्त्वका साथ स्थान दिने हाम्रो योजना छ ।
सचेत पाठकहरूबाट निरन्तर सुझाव, सल्लाह, प्रतिक्रिया र सहयोग प्राप्त भइरहनेमा ढुक्क छौं । पाठकका प्रतिक्रिया अनुसार हामी थप परिस्कृत हुँदै जाने प्रतिबद्धता जाहेर गर्दछौं ।