धनगढीमा प्रेम आले र लक्ष्मी चौधरीको विरोधमा युवा संघको प्रर्दशन

धनगढीमा पूर्व मन्त्री प्रेमबहादुर आले र सांसद लक्ष्मी चौधरीको विरोधमा युवा संघले प्रर्दशन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर निर्दलियताको बीऊ रोपेको भन्दै उनीहरुलाई बहिस्कार गर्ने बताएको छ ।

धनगढीस्थित मुख्यमन्त्री कार्यालयदेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा उनीहरुले आले र चौधरीसहित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी समेत गरेका थिए । सो क्रममा परमादेशबाट बनेको सरकार होसियार जस्ता नारा पनि उनीहरुले लगाएका थिए ।

एमालेमा ओलीकै खेमामा रहेका आले र चौधरीले संसदीय दलको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदै माधव नेपालको पक्षमा उभिएका थिए । युवा संघले उनीहरुलाई अवसरका मतियार भएको आरोप समेत लगाएको छ ।

तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले आलेलाई पहिलो पटक संसद विघटन गर्दा वन तथा वातावरण मन्त्री बनाएका थिए । दोस्रो पटकको संसद विघटनपछि पदमुक्त भएका उनी ओलीसँग रुष्ट थिए ।

सम्बन्धित
Loading...