प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएको छ। यसअघि नेपाल पक्षका सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै हस्ताक्षर गरेका थिए।
एमाले सांसद विरोध खतिवडाले आफूहरूले देउवालाई विश्वासको मत दिने बताए। संसदलाई पूर्ण कार्यकाल चल्न दिने नीतिअनुसार मत दिने उनको भनाइ छ।
सांसद रामकुमारी झाँक्रीले देउवाको पक्षमा आफूहरूले हस्ताक्षर गरिसकेकाले विश्वासको मत दिने बताइन्। एमाले एकताका लागि गठित कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू भने देउवालाई विश्वासको मत दिने पक्षमा छैनन्।
तर पार्टीको विवाद मिलाउन गठित कार्यदलमा रहेका नेपाल पक्षीय सांसदले भने देउवालाई विश्वासको मत दिन नहुने बताएका छन् ।