स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह, ओलीले गरे अस्वीकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् ।

तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् ।

नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकस्थलमा पुगेका माधव नेपाल पक्षका नेताहरू १५ मिनेट पनि नबसी फर्किएका छन् । बैठकमा वार्ता टोली संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएर बोलेका थिए ।

शुरूमा बोल्न समय माग्दा उपस्थिति र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनिए पनि त्यसपछि रावलले बोलेका थिए ।

सम्बन्धित
Loading...