प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।
एमालेको नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै एमालेको माधवकुमार नेपाल समूहले विपक्षी गठबन्धन सक्रिय बनाएका थिए ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि नेता नेपालको दल प्रतिपक्षीमा रहे पनि देउवाले उनीसँगको सहकार्यका विकल्पको विषयमा छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।