जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइयो : ओली

एमाले अध्यक्ष केपी ओलीले जालझेल गरेर अदालतमा निबेदन हालेर परमादेशबाट हटाइएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट पुगेपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले भने ‘निर्वाचनबाट, जनादेशबाट हारेर होइन, जालझेल गरेर, अदालतमा निवेदन हालेर परमादेशबाट प्रधानमन्त्रीबाट हटाइएको हो । विश्वमै कतै नभएको नजिर, कहि नभएको जात्रा हाडी गाउँमा भने जस्तै अदालतबाट प्रधानमन्त्री नियुक्ती गर्ने काम भयो ।’

उनले सानका साथ रास्ट्र र जनताको स्वाभिमान माथि उठ्ने गरि, विकास निर्माणलाई तीब्रता दिने गरि सरकारले काम गरे पनि जनताको बीचमा जाने जनादेशको बाटो छेकिएको आरोप लगाए ।

आम नेपालीलाई खोपको प्रवन्ध गरेर आफू बाहिरिए पनि नयाँ सरकारले जस लिने गरि निर्णय गरेर भ्रमपुर्ण प्रचार गरेको भन्दै ओलीले आपत्ति जनाए ।

 

सम्बन्धित
Loading...