मानसिक अस्पतालका डाक्टर मृत भेटिए

मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन् । डा। सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् ।

गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

 

सम्बन्धित
Loading...