एमालेमा देउवा र प्रचण्डबाट नेपाललाई छुुटाउने प्रयास असफल !

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल भएको छ ।

पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरूले आइतबार बिहान नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।

नेपाल गठबन्धनबाट फर्किए उनले भने बमोजिम नै पार्टी अघि बढ्ने भन्दै आफूहरूले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङ नेम्वाङले बताए । नेता नेम्वाङले आफूहरुले दुई नेता मिलेको सन्देश दिन आग्रह गरेको बताए । नेपालले वार्तामा रहेका अन्य नेताहरुसँग समेत सल्लाह गरेर खबर गर्ने बताएको उनको भनाइ छ ।

नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल र नेताहरू सुवास नेम्वाङ तथा शंकर पोखरेल पुगेका थिए । नेपाल निवासमै वार्ताकार अर्का सदस्य घनश्याम भुसाल पनि थिए । भुसालले नै वार्ताको वातावरण बनाइरहेका छन् ।

नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोजेको भन्दै आफू गठबन्धनबाट पछि नहट्ने बताएको स्रोतले जनाएको छ ।

सम्बन्धित
Loading...