बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको फरक फरक खोप लगाउँदा पनि सकारात्मक नतिजा पाइएको छ ।
द कम कोभ ट्रायलका अनुसार बेलायतमा गरिएको उक्त अध्ययनमा फाइजर र एस्ट्राजेनेकाको खोपको प्रयोग गरिएको थियो ।
उक्त प्रयोगमा सहभागी केही मानिसहरुलाई यी खोपको दुईरदुई डोज खोप दिएपछि त्यसको नतिजाको अध्ययन गरिएको थियो । केहीलाई भने पहिलो डोज खोप एउटा कम्पनीको र दोस्रो डोज अर्कै कम्पनीको खोप दिइएको थियो ।
अध्ययनको क्रममा यी दुवै तरिका प्रभावकारी देखिएको थियो । यसरी दुई फरक फरक कम्पनीको खोप दिँदा पनि कोरोना भाइरसविरुद्ध मानिसको प्रतिरोधी क्षमता बलियो देखिएको थियो । यो नतिजा आएसँगै आगामी दिनमा कोरोना खोपको समस्या केही कम हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।
बेलायतका सहायक प्रमुख मेडिकल अधिकारी जोनाथन वान टेमले खोपको समस्या भएका मुलुकमा यो तरिका उपयोगी हुने बताए । ‘जुन मुलुकमा कोरोना खोपको आपूर्तिमा समस्या देखिन्छ, त्यहाँ यो तरिका प्रयोग गर्न सकिन्छ’, उनले भने ।
युरोपकै केही मुलुकमा दुई फरक कम्पनीको कोरोना खोप दिइएको छ । स्पेन र जर्मनीले एस्ट्राजेनेकाको पहिलो डोज खोप लिएका मानिसहरुलाई दोस्रो डोज फाइजरको खोप दिइरहेका छन् ।
यी मुलुकले एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएसँगै दोस्रो डोजमा फाइजरको खोप प्रयोग गरेका थिए ।
केही समयअघि भारतको उत्तर प्रदेशस्थित एक जिल्लामा पनि २० जनालाई फरक फरक कम्पनीको खोप लगाइएको थियो । यद्यपि उनीहरुलाई भुलवश छुट्टाछुट्टै खोप दिइएको थियो । अहिले यो घटनाबारे अनुसन्धान भइरहेको छ ।