उपत्यकामा फेरी थपियो निषेधाज्ञा, के-के गर्न पाइन्छ ?
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ।
काठमाडौं ललितपुर र भक्तपुरका प्रजिअहरू आइतबार साँझ बसेको बैठक बसेको थियो। सो बैठकमा निषेधाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ। यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे आदेश जारी गर्ने उनले बताए।
त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ। छलफलमा अहिलेकै अवस्थालाई निरन्तरता दिने कि अलिकति लुज डाउन गरेर लैजाने भन्ने बारेमा भयो। लुज गर्दा सार्वजनिक यातायातहरूलाई सीमित गरेर चलाउने, उनले भने लुज गरेर सार्वजनिक यातायात चलाउन दिने सम्भावना छ। यसको टुंगो भोलिमात्रै लाग्ने प्रजिअ भट्टराईले बताए।