कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका–९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुईबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका–८ को कालोपुलबाट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल शैलेश्वरी गणले मडैको साथबाट ६.९० ग्राम ब्राउन सुगर समेत बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।