ड्युटीमा रहेका सैनिकले आफैंलाई गोली हाने, अवस्था गम्भीर

देशको रक्षार्थ नेपाली सेनामा जागिरे बनेका एक सैनिकले आफैंमाथि गोली दागेका छन् । गोली लागेका उनको अवस्था अहिले गम्भीर छ ।

वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत सिपाही पर्सा पोखरिया–७ का श्यामबाबुप्रसाद चौहानले गएराति ८ बजे आफैंमाथि गोली हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले चौहानको आँखा नजिकैबाट गोली निस्किएको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले आफूले आफैंलाई गोली हानेको देखाएको छ ।

घटनालगत्तै नेशनल मेडिकल वीरगञ्ज पुर्याइएका उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

चौहानले किन आफैंलाई गोली हाने भन्नेबारे खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

सम्बन्धित
Loading...