पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसर सबैभन्दा धेरै काठमाडौंमा ३९४, बागलुङमा २६२, कास्कीमा १२२, झापामा १२१, मोरङमा ११८ र नुवाकोटमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै सुनसरीमा ६७, लमजुङमा ६१, ललितपुरमा ६०, भक्तपुरमा ५४, मकवानपुर र पर्वतमा ४८-४८ जना, काभ्रेपलाञ्चोकमा ४३, बर्दियामा ४० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सर्लाही, धादिङमा ३०-३० जना, दाङमा २९, जुम्लामा २३, स्याङजामा २२, रौतहटमा १९, धनुषामा १७, सिन्धुलीमा १६,नवलपरासी पूर्वमा १४, सिरहमा १३, सप्तरीमा १२, खोटाङ, महोत्तरी, बाँके र रूपन्देहीमा १०र१० जनामा कोरोना संक्रमण देखिएको छ ।
धनकुटा र तनहुँमा ९र९ जना, अछाम र कैलालीमा ८-८ जना,दैलेखमा ७,बारा, कपिलवस्तु, डडेलधुरामा ६ जना, भोजपुर, पर्सा, म्याग्दी, मुगु र डोटीमा ५, इलाम, उदयपुर, नवलपरासी पश्चिम र कञ्चनपुरमा ४-४ जना, संखुवासभा, सिन्धुपाल्चोक, गोरखा, पाल्पामा ३-३ जना, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, प्युठान र सल्यानमा २-२ जना, ओखलढुंगा, पाँचथर, दोलखा, रसुवा, जाजरकोट र बैतडीमा १र१ जना कोरोना संक्रमित थपिएको छ ।
यस्तै १० वर्ष मुनिका ६८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।