नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको शान्तिपूर्वक उपचार हुन दिन अपिल गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले यतिबेला खनाललाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिनुपर्ने बताए ।
नेता खनाल बुधवार उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । नेता खनालले भारत जानुअघि जारी गरेको प्रेस विज्ञप्तिमाथि टिकाटिप्पणी भइरहेका बेला बाँस्कोटाले उपचार हुन दिन अनुरोध गरेका हुन् ।
बाँस्कोटाले लेखेका छन्, ‘कमरेड झलनाथ खनाललाई शान्तिपूर्वक उपचार हुन देऊ । उहाँलाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो । तनावपूर्ण राजनीतिमा झोस्नु सर्वथा गलत । अझ उहाँका खास मान्छे दावा गर्नेले पार्टीको प्रमुख र देशको प्रधानमन्त्री भइसकेको नेताद्वारा जारी अपिलमाथि कुन रोटी बेल्न प्रश्न खडा गरेको रु अचम्म !’